धनुषाको क्षिरेश्वरनाथमा एमाले र कांग्रेस प्रतिनिबिीच विवाद, मतगणना स्थगित – Nepal Press

धनुषाको क्षिरेश्वरनाथमा एमाले र कांग्रेस प्रतिनिबिीच विवाद, मतगणना स्थगित

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएपछि नेपाली कांग्रेसले विवाद गरेको छ ।

वडा नम्बर ५ को मतगणना भइरहेका बेला कांग्रेसका प्रतिनिधि विवाद सुरु गरेका हुन् । कांग्रेस र एमाले प्रतिनिधिबीच भएको भनाभनले उग्र रूप लिएपछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थगित गरेको छ ।

दलका प्रतिनिधिहरुको विवादका कारण सहज ढंगले मतगणना गर्ने स्थिति नरहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि मतगणना कार्य स्थगित भएको सूचना निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको छ ।

कांग्रेसका मेयर उम्मेदवार योगेन्द्र पंजियारभन्दा एमालेका सुखदेव यादव अगाडि आएका छन् । यादवले २१९० र पंजियारले १८९० मत पाएका छन् ।

पंजियार कांग्रेस जिल्ला सभापति एवं निवर्तमान मेयरसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर