ताप्लेजुङको सिरिजंगामा गठबन्धन विजयी,अध्यक्षमा कांग्रेसका चौहान – Nepal Press

ताप्लेजुङको सिरिजंगामा गठबन्धन विजयी,अध्यक्षमा कांग्रेसका चौहान

विराटनगर । ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा गठबन्धन विजयी भएको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका लालकृष्ण चौहान ३,३४३ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका सन्तोषकुमार चाम्लिङ्गलाई ६८ मतान्तरले पराजित गरेका हुन् । पराजित चाम्लिङ्गले ३,२७५ मत ल्याएका छन् ।

उपाध्यक्षमा गठबन्धनबाटै माओवादीका चित्रकुमार लिम्बु ३४६९ मतसहित विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर