मकवानपुरको तीन वडाको नतिजा आयो, सबैमा कांग्रेस विजयी – Nepal Press

मकवानपुरको तीन वडाको नतिजा आयो, सबैमा कांग्रेस विजयी

हेटौंडा । मकवानपुरका ११० वडामध्ये हालसम्म तीन वडाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक सबै वडामा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ । नेपाली कांग्रेसले इन्द्रसरोबर गाउँपालिका– १, भीमफेदी गाउँपालिका– १ र मनहरी गाउँपालिका– १ मा जित हासिल गरेको हो ।

जसमा इन्द्रसरोवर गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका सुवास थापा मगरले ७ सय ५३ मत प्राप्त गरी विजयी भएका छन् ।

उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत प्राप्त गरेका छन् ।

भिमफेदी गाउँपालिका वडा नंबर १ मा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्ष उम्मेदवार सोमबहादुर स्याङतानले ९१० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेकी पञ्चमाया स्याङतानले ६५५ ल्याएकी छिन् । वडा नंबर १ मा १६४१ मत खसेको थियो भने ७२ मत बदर भएको छ ।

मनहरी गाउँपालिका वडा नम्बर १ मा पनि नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका शिव प्रसाद खनाल विजयी भएका हुन्। उनले १ हजार ९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भिमसेन अधिकारीले ३ सय ९० मत पाएका थिए भने समाजवादी र माओवादीको गठबन्धनले ३ सय १० मत पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर