न्यायिक सुधारका लागि मार्गचित्रसहितको कार्य योजना बनाउन न्यायाधीश श्रेष्ठको समितिलाई जिम्मा – Nepal Press

न्यायिक सुधारका लागि मार्गचित्रसहितको कार्य योजना बनाउन न्यायाधीश श्रेष्ठको समितिलाई जिम्मा

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण तथा न्यायिक सुधारका लागि चाल्नुपर्ने उपायहरूबारे मार्गचित्रसहित कार्य योजना तयार गर्न मुद्दा व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको छ ।

सर्वोच्च अदालतका कामु प्रधान न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा बुधवार सबै न्यायाधीश सहभागी बैठकले उक्त निर्णय गरेको हो । मुद्दा व्यवस्थापन समितिका संयोजक न्यायाधीश विश्वम्भर श्रेष्ठ रहेका छन् ।

त्यसअघि बैठकमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण तथा न्यायिक सुधारका लागि चाल्नुपर्ने उपायहरूबारे प्रस्तुति दिएका थिए। त्यसमा कामु प्रधान न्यायाधीश कार्कीसहितले विचार राखेका थिए ।

बैठकमा उठेका सुधारका विषयहरूलाई व्यवहारिक कार्यान्वयनमा लैजानका लागि समितिलाई जिम्मेवारी दिइएको सर्वोच्च अदालतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *