लिलाम हुँदै इच्छाराज तामाङको सीटीसी मल, सञ्चय कोषले निकाल्यो ३५ दिने सूचना – Nepal Press

लिलाम हुँदै इच्छाराज तामाङको सीटीसी मल, सञ्चय कोषले निकाल्यो ३५ दिने सूचना

काठमाडौं । इच्छाराज तामाङको सीटीसी मल लिलाम हुने भएको छ । सञ्चय कोषले ३५ दिने सूचना निकालेर सीटीसी मल लिलामको प्रक्रिया सुरु गरेको हो ।

सिभिल स्टेटस्काे नाममा रहेको मलका पसल कवलहरु लिलाम गर्न सूचना जारी गरिएको हो । कोषले मलमा रहेका १३२ वटा पसल कवलहरु लिलाम गर्न साेमबार सूचना निकालेको छ ।

काठमाडाै‌ महानगरपालिका ११ नम्बर वडाको सुन्धारामा निर्माण भएको कवलहरु लिलाम हुन लागेको हो । मल २४२४ कित्ता नम्बरमा ६ रोपनीमा बनेको छ ।

इच्छाराज तामाङको सिभिल सहकारीले सिभिल स्टेटस्काे नामबाट लिएको २१ करोड नतिरेपछि काेषले लिलामीको सूचना निकालेको हो । कोषले यसअघि पनि सूचना निकालेर इच्छाराज तामाङको सिभिल सहकारीलाई ऋण तिर्न भनेको थियो ।

४६ करोड ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ अहिले प्रहरी हिरासतमा छन् । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा सर्वसाधारणले बचत गरेको पैसा हिनामिना गरेको आरोपमा तामाङ पक्राउ परेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया

One thought on “लिलाम हुँदै इच्छाराज तामाङको सीटीसी मल, सञ्चय कोषले निकाल्यो ३५ दिने सूचना

  1. भ्रष्टाचार गर्ने इच्छा राज मात्र हाे?

Leave a Reply

Your email address will not be published. Required fields are marked *