चुनावको मुखैमा रोशी गाउँपालिका अध्यक्षले दिए राजीनामा, कांग्रेस पार्टी पनि परित्याग – Nepal Press

चुनावको मुखैमा रोशी गाउँपालिका अध्यक्षले दिए राजीनामा, कांग्रेस पार्टी पनि परित्याग

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति एक साता मात्रै बाँकी रहँदा काभ्रेको रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष लामाले यसपटक टिकट पाएका थिएनन् । उनले अचानक शुक्रबार गाउँपालिका अध्यक्ष र नेपाली कांग्रेस पार्टी दुवै परित्याग गरेका छन् ।

लामाले गाउँपालिकाका सबै कर्मचारीहरु, राजीनामा दिएर बाँकी रहेका जनप्रतिनिधिहरुलाई धन्यवाद दिदै कार्यकाल सफल बनाउन महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिदै पदबाट राजीनामा दिएका हुन् ।

डिबी लामा कार्यकालभर रोशी गाउँबासीबीच लोकप्रिय थिए । पार्टीले दोस्रो पटक पालिकाको अध्यक्ष पदको उम्मेदवार नबनाएपछि उनी असन्तुष्ट थिए । गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारीमा पुनः नदोहोर्‍याए पछि लामाले वैशाख ११ गते मन्तव्यसहित राजीनामा घोषणा गरेका थिए । उनले राजीनामा उपाध्यक्ष लक्ष्मी बर्तौला उप्रेतिलाई बुझाएका छन् ।

लामाको राजीनामाले रोशीमा सत्ता गठबन्धनलाई धक्का पुगेको छ । रोशीमा नेपाली कांग्रेसले अध्यक्ष र माओवादी केन्द्रलाई उपाध्यक्ष दिइएको छ । राप्रपाका जिल्ला अध्यक्षसहित एमालेमा प्रवेश र गाउँपालिका अध्यक्षको कांग्रेस परित्यागसँगै एमालेका देवसागर लामालाई यो पटक रोशीमा सहज भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर