चुनावी गीत लेख्दै वामदेव गौतम नेकपा एसको पक्षमा खुले – Nepal Press

चुनावी गीत लेख्दै वामदेव गौतम नेकपा एसको पक्षमा खुले

काठमाडौं । नेकपा एमालेको विभाजनमा तटस्थ देखिएका नेता वामदेव गौतम चुनावी माहौलमा बेग्लै तरिकाले नेकपा एसको पक्षमा खुलेका छन् ।

अहिलेसम्म नेकपा एसमा लागेको औपचारिक घोषणा नगरेका उनले सो पार्टीका लागि चुनावी गीत लेख्दै आफूलाई खुलाएका हुन् ।

वामदेवको लिरिक्स रहेको नेकपा एसको चुनावी गीत आज सार्वजनिक भएको छ ।

गीतको बोल छ:

एकीकृत समाजवादी हाम्रो पार्टी हो
क्रान्तिकारी विकास गर्न जन्मिएको हो

वामदेवले एउटा सर्जकको हिसाबले मात्रै यो गीत लेखिदिएका हुन् कि भन्ने पनि लाग्न सक्छ । तर, गीतको म्युजिक भिडियोमा पनि उनले अभिनय गरेका छन् । यसले वामदेवको झुकाव स्पष्ट देखिएको छ ।

वामदेवद्वारा लिखित चुनावी गीत भने राजनीतिक भाषण जस्तो छ ।

गीतमा कृष्ण केसी र जुना श्रीष मगरले स्वर दिएका छन् । संगीत कृष्ण केसीको रहेको छ ।


प्रतिक्रिया

2 thoughts on “चुनावी गीत लेख्दै वामदेव गौतम नेकपा एसको पक्षमा खुले

  1. एमालेले त बामदेवलाई पहिले नैएस तिर लाग भनेकाे हाे । स्वभाव दुवैकाे मिल्छ ।

  2. यस्ता भडुवा उतै गएको राम्रो कमसेकम एमालेलाई अभरमा साथ दिनेहरू त सुरक्षित रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर