कहाँ-कहाँ भयो केन्द्रीय गठबन्धनभन्दा फरक दलबीच चुनावी तालमेल ? – Nepal Press

कहाँ-कहाँ भयो केन्द्रीय गठबन्धनभन्दा फरक दलबीच चुनावी तालमेल ?

काठमाडौं । वैशाख १६ गते शुक्रबार बसेको पाँचदलीय बैठकले गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय सबै जिल्लाहरुमा निर्देशन गरेको थियो । तर स्थानीय पार्टी तथा कार्यकताको चाहनाअनुसार देशका विभिन्न स्थानमा केन्द्रीय गठबन्धनको निर्देशन अवज्ञा भएको छ ।

बाजुराको बुढीनन्दा, प्युठानको झिमरुक, सिन्धुपाल्चोकको सुनकोशीलगायत केही पालिकामा एमाले–माओवादीबीच चुनावी तालमेल भएको छ । त्यस्तै झापाको कचनाकबल र रोल्पाको माडीमा एमाले–कांग्रेसबीच तालमेल हुने भएको छ ।

केन्द्रको निर्देशनलाई नमान्दै स्थानीय पार्टी कमिटीले सन्धुपाल्चोकको मेलम्चीमा कांग्रेस–राप्रपा तालमेल गरेका छन् । झापाको दमकमा गठबन्धन र राप्रपाले तालमेल कायमै राखेका छन् ।

त्यस्तै, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालकामा एमाले र जसपाबीच गठबन्धन कायम रहेको छ । नुवाकोटको किस्पागं गाँउपालिकामा एमाले र माओवादीबीच तालमेल भएको छ भने सल्यानको कुमाखमा एमाले–काङ्ग्रेसको गठबन्धन बनेको छ ।


प्रतिक्रिया

One thought on “कहाँ-कहाँ भयो केन्द्रीय गठबन्धनभन्दा फरक दलबीच चुनावी तालमेल ?

  1. समाचार लाई अलि खुराक दिन पर्ने देखियो अझेै खोज्न पर्‍यो गुल्मी धुर्कोटमा पनि एमाले माओवादीको तालमेल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर