हेटौंडामा कसले उखेल्यो मदन-आश्रितको शालिक ? – Nepal Press

हेटौंडामा कसले उखेल्यो मदन-आश्रितको शालिक ?

हेटौंडा । हेटौंडा उपमहानगरपालिका– ९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा तोडफोड भएको छ । गयराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको हो ।

बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौंडा– ९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए ।

मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए ।

पार्कमा रहेका अन्य संरचना भने यथावत रहेको उनले बताए । त्यहाँ रहेका गमला, बत्ती केही नगरिनु र शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य भएको भण्डारी बताउँछन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारी सहितको टोलीले घटनाको अनुगमन गरिरहेको छ ।


प्रतिक्रिया

2 thoughts on “हेटौंडामा कसले उखेल्यो मदन-आश्रितको शालिक ?

  1. याे काम खतिवडाका जुम्राहरूकाे हुनुपर्छ ।

    1. yo Madhab Kumar nepal ko aadesmaa gariyekko ho, guess garna sakinchha, Madan ra Ashris ko hatyara haruko kaam ho.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर