बृजेश गुप्तापछि कपिलवस्तुमा एमाले प्रवेशको लहर, कांग्रेस क्षेत्रीय सचिवसहित वडाध्यक्ष पनि लागे एमालेमा – Nepal Press

बृजेश गुप्तापछि कपिलवस्तुमा एमाले प्रवेशको लहर, कांग्रेस क्षेत्रीय सचिवसहित वडाध्यक्ष पनि लागे एमालेमा

रुपन्देही । कपिलवस्तुका प्रभावशाली नेता तथा पूर्वमन्त्री बृजेशकुमार गुप्ता, धर्मबहादुर लाल श्रीवास्तव, पुराना नेता मंगलप्रसाद गुप्तालगायतको ठूलो समूह एमालेमा लागेसँगै प्रवेश गर्नेहरुको लहर चलेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली आफैं केही महिनाको अन्तरमा दुईपटक कपिलवस्तु पुगेर उनीहरुकोसहितको ठूलो समूहलाई पार्टी प्रवेश गराएका थिए ।
क्षेत्र नं १ मा पहिलेदेखि बलियो रहेको एमाले क्षेत्र नं २ र ३ का प्रभावशाली नेताहरुलाई पार्टीमा भित्राएर थप बलियो भएको एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलाराम अधिकारी बताउँछन् ।

मंगलबार उनै नेता बृजेशकुमार गुप्ताले नेपाली कांग्रेस कपिलवस्तुका प्रभावशाली दुई नेता एमालेमा प्रवेश गरोएका छन् । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव रहेका गंगेशनाथ तिवारी र महाराजगन्ज नगरपालिका वडा नम्बर ११ का अध्यक्ष जगदिश तिवारी एमाले प्रवेश गरेका हुन् ।

दुवै नेतालाई एमाले नेता तथा संघीय सांसद वृजेश कुमार गुप्ता, प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेल, महाराजगन्ज नगरपालिकाका मेयरका आकांक्षी रामदास चौधरी लगायतले महाराजगन्ज निर्वाचन सम्पर्क कार्यालयमा पार्टी प्रवेश गराएका थिए ।

कांग्रेसका युवाभित्र प्रभावशाली नेता मानिने तिवारीको प्रभाव महाराजगन्जसंगै बुद्धभूमिका केही वडामा राम्रो प्रभाव रहेको मानिन्छ ।

पारिवारिक रुपमा राजनीतिमा सक्रिय रहदै आएको तिवारी परिवारको एमालेमा प्रवेशलाई त्यस क्षेत्रमा महत्वका साथ हेरिएको छ ।

तिवारी काँग्रेस प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यको विश्वासनीय पात्र हुन् । उनी शिवराज साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष हुन् ।

कांग्रेसको बर्चश्व रहेको महाराजगञ्जमा यसभन्दा अगाडि दुई जना वडाध्यक्ष पनि एमाले प्रवेश गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले नेता गुप्ताले मधेसको विकासको लागि एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । एमालेप्रति मधेसमा जनलहर बढेको बताउँदै नेता गुप्ताले कपिलवस्तुमा एमालेले सबैभन्दा धेरै सिट जित्ने पनि दाबी गरे ।

एमाले प्रवेशपछि बोल्दै तिवारीले कांग्रेसबाट निर्वाचित मेयरप्रति इंगित गर्दै राहतको नाममा धनीलाई २०–२५ हजार दिने र गरिब जनतालाई २-४ हजार दिएको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर