पाँच दलीय गठबन्धन छाडेर दुई जिल्लाबाट बाहिरियो जसपा नेपाल – Nepal Press

पाँच दलीय गठबन्धन छाडेर दुई जिल्लाबाट बाहिरियो जसपा नेपाल

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि केन्द्रमा पाँच दलीय गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भए पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले तीन ठाउँमा गठबन्धन नगर्ने निर्णय लिएको छ ।

शुक्रवार बाँकेमा गठबन्धन नगर्ने घोषणा गरेको जसपा नेपालले शनिवार कैलालीमा पनि गठबन्धन नगर्ने निर्णय लिएको हो ।

नेपालगञ्जको मेयर जसपालाई नदिने अडान कांग्रेसले राखेको भन्दै गठबन्धनबाट बाहिरिनु परेको जिल्ला अध्यक्ष कमुरुद्धिन राईले जनाएका छन् ।

बाँकेमा एक्लै स्थानीय तहको निर्वाचनमा होमिने निर्णय गरेको जसपाले कैलालीमा भने गठबन्धन गरेर निर्वाचनमा जाने भएको छ ।

कैलालीमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लगायतसँग गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय लिइएको जिल्ला अध्यक्ष गयाप्रसाद चौधरीले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर