हेटौँडा उपमहानगरपालिको मेयरमा एमालेबाट पूर्व सांसदसहित तीन जना सिफारिस – Nepal Press

हेटौँडा उपमहानगरपालिको मेयरमा एमालेबाट पूर्व सांसदसहित तीन जना सिफारिस

हेटौँडा । नेकपा एमालेले हेटौँडा उपमहानगरपालिकाको मेयरका लागि वर्तमान मेयर हरिबहादुर महतसहित तीन जनाको नाम जिल्ला कमिटीमार्फत सिफारिस गरेको छ ।

उपमहानगर कमिटीको मङ्गलवार बसेको बैठकमा सर्वसम्मति हुन नसकेपछि संविधानसभा सदस्य अनन्त पौडेल,मेयर महत र गणेशकुमार श्रेष्ठको नाम सिफारिस गरिएको हो । श्रेष्ठ जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य हुन् ।

उपमेयरमा पनि सुमित्रा काफ्ले,आरती पाठक र इन्द्र प्रसाद नेपालको नाम सिफारिस भएको छ । हेटौँडा उपमहानगरपालिकामा २०४९ सालदेखि लगातार एमालेले जित्दै आएको छ ।

२०७४ को स्थानी निर्वाचनमा महतले कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर