गठबन्धन गर्दा महिला प्रतिनिधित्व सुनिश्चितता हुनुपर्ने निर्देशनबाट पछि हट्यो आयोग – Nepal Press

गठबन्धन गर्दा महिला प्रतिनिधित्व सुनिश्चितता हुनुपर्ने निर्देशनबाट पछि हट्यो आयोग

काठमाडौं । निर्वाचन आयोगले गठबन्धन गरेर चुनाव लड्ने दलहरूले पालिका प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार उठाउनुपर्ने भन्ने निर्देशन फिर्ता लिएको छ ।

आयोगले दलहरूलाई चैत १६ र २२ गते निर्वाचन व्यवस्थापनलाई लैंगिक तथा समावेशीमैत्री बनाउने सम्बन्धमा दिएको बुँदा नम्बर ६ लाई संशोधन गरेको जनाएको छ ।

आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै दलहरूलाई दिएको निर्देशनको बुँदा नम्बर ६ मा संशोधन गरी ‘स्थनीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको जनाएको छ ।

यसअघि स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने भनेर निर्देशन दिएको थियो ।

तर, सत्ता गठबन्धनमा आबद्ध दलहरुले आयोगको सो निर्देशन ऐनविपरित भएको भन्दै एकै दलको उम्मेदवारमा मात्र लैंगिक समावेशी हुनुपर्ने जिकिर गरेका थिए । आयोगले भने गठबन्धनका कारण महिलाको प्रतिनिधित्व कम हुने भन्दै सो व्यवस्था गरेको थियो ।


प्रतिक्रिया

One thought on “गठबन्धन गर्दा महिला प्रतिनिधित्व सुनिश्चितता हुनुपर्ने निर्देशनबाट पछि हट्यो आयोग

  1. यस्तो निर्णय गर्न आयोगलाई अधिकार छ !? लडेर ल्याएको समाबेशितामा महिला अधिकार कुन्ठित गर्न पाउछ आयोगले !? अनी समाबेशिताको जननी भन्ने ‘पुरुश’ हरुले आफु अनुकुल भए पछी भट्टी पसेर बिर्को खोल्ने बेला भएको हो !?
    तुरुन्त मुद्दा लागोस, खारेज होस् त्यो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर