दैलेखको नारायण मेयर-उपमेयरका लागि कांग्रेस एक्लैले तयार पार्‍यो सूची – Nepal Press

दैलेखको नारायण मेयर-उपमेयरका लागि कांग्रेस एक्लैले तयार पार्‍यो सूची

मेयरमा १४ र उपमेयरका लागि २ जना दाबेदार (सूचीसहित)

सुर्खेत । नेपाली काँग्रेसले दैलेखको पुरानो नगरपालिका नारायण नगरपालिकामा मेयरमा १४ र उपमेयरमा २ जनाको सूची तयार पारेको छ ।

नगर कार्यसमितिको आइतबार बसेको बैठकले दाबेदारहरूको नामावली तयार पारेको हो । कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले कर्णालीका सत्तारुढ दलहरूबीच सहमति भइनसकेको बताए पनि यस नगरपालिकामा कांग्रेसले आकांक्षी उम्मेदवार सिफारिस गरेको हो ।

नारायण नगरपालिकामा मेयरका लागि मनोजकुमार थापा, टेकबहादुर कटुवाल, यामबहादुर मल्ल, गणेशकुमार श्रेष्ठ, प्रकाश न्यौपाने, रेशम विक, भुपेन्द्र शाही, खेमराज केसी, गणेशप्रसाद उपाध्याय, पूर्णबहादुर मल्ल, वासना थापा, कृष्णबहादुर थापा, बखतबहादुर कटुवाल र निर्मलाकुमारी खड्काले दाबी गरेका छन् ।

उपमेयरका लागि नानपा-६ की मोहनमाया प्याकुरेल र वडा नम्बर २ की प्रभा सिजापतिले दाबी गरेकी छन् ।

तर, केही दिनअघि कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले चार दलबीच तालमेल गर्ने भनेर हस्ताक्षर गरे पनि कांग्रेस दैलेखमा गठबन्धनको सन्दर्भमा नेता-कार्यकर्ता दुई धारमा देखिएका छन् ।

अन्य पालिकामा पनि यसरी नै उम्मेदवार तयार पार्ने तयारी भइरहेको दैलेख कांग्रस स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर