सुदूरपश्चिम सरकार : अर्थमन्त्रीमा प्रकाश रावल – Nepal Press

सुदूरपश्चिम सरकार : अर्थमन्त्रीमा प्रकाश रावल

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री पनि फेरिने भएका छन् । हाल एकीकृत समाजवादी पार्टीबाट तारालामा तामाङ आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् ।

अब उनको सट्टामा एकीकृत समाजवादी पार्टीकै प्रदेशसभा सदस्य प्रकाश रावललाई सो मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । रावलले यस विषयमा पुष्टि गरेका छन् ।

सरकार पुनर्गठन गर्ने केन्द्रीय गठबन्धनको निर्णय अनुसार आज कांग्रेस सरकारमा सहभागी हुन लागेको छ । एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री हटाएर त्यसमा कांग्रेसलाई नियुक्त गर्न लागिएको छ ।

यता सरकार पुनर्गठन हुने भए पनि एकीकृत समाजवादीका सबै मन्त्रीले राजीनामा दिएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर