टिकट बाँडफाँटमा विवाद हुँदा कांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते – Nepal Press

टिकट बाँडफाँटमा विवाद हुँदा कांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

धादिङ । स्थानीय तह चुनावका लागि टिकट बाँडफाँटको विषयमा विवाद हुँदा धादिङ कांग्रेसका नेताहरूबीच कुटाकुट भएकाे छ ।  कुटाकुटमा गाउँपालिका अध्यक्ष घाइते भएका छन् ।

कुटकुटमा नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका हुन् । अध्यक्ष तामाङको अनुहारमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

अध्यक्षमाथि कुटपिट गर्ने एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर