नेपालले पीएनजीलाई दियो १ सय ८४ रनको चुनौतीपूर्ण लक्ष्य – Nepal Press

नेपालले पीएनजीलाई दियो १ सय ८४ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । आसिफ र रोहितको उत्कृष्ट साझेदारीमा नेपालले त्रिदेशीय टी–२० सिरिजको पहिलो खेलमा पपुवा न्यूगिनि (पीएनजी) लाई १ सय ८४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रनको योगफल तयार गरेको छ ।

ओपनर कुशल भुर्तेल ११ बलमा तीन चौका र १ छक्कासहित २० रन बनाएर पभेलियन फर्कँदा आसिफ शेखले रोहित पौडेलसँग दोस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै सर्वाधिक ४३ रन बनाए । उनले ३५ बलमा ५ चौका र एक छक्का प्रहार गरे । रोहितले २६ बलमा २ चौका र एक छक्कासहित ३४ रन बनाए

दिपेन्द्रसिंह ऐरी ४ रनमा आउट हुँदा कुशल मल्लले ११ रन बनाए लोकेश बम ५ रनमा पभेलियन फर्किएका थिए । करण केसी १४ रन बनाएर आउट हुँदा आरिफ शेखले २१ बलमा ३ चौका र २ छक्कासहित ३१ रन बनाए । अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

पीएनजीको बलिङमा चाल्र्स अमिनि, ऐली नाओ र चाड सोपेरले समान दुई विकेट लिए भने, रिले ह्याकुरे र नोरमान भानुवाले समान एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर