बझाङका मनकारी वडाध्यक्ष : पाँच वर्षको पारिश्रमिक विद्यालयलाई – Nepal Press

बझाङका मनकारी वडाध्यक्ष : पाँच वर्षको पारिश्रमिक विद्यालयलाई

सुर्खेत । बझाङको जय पृथ्वी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष दलबहादुर विष्ट ‘कृष्ण’ले आफ्नो पाँच वर्षे कार्यकालको तलव भत्ता बापतको रकम स्थानीय विद्यालयलाई दिएका छन् ।
उनले पाँच वर्षमा पाएको तलव भत्ता बापतको १५ लाख रुपैयाँले सत्यवादी माध्यमिक विद्यालयमा ‘कृष्ण पुष्पा फाउन्डेसन’ को नाममा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन् ।
कांग्रेसबाट निर्वाचित विष्टले आज १५ लाख रुपैयाँ बराबरको चेक विद्यालयलाई हस्तान्तरण गरे । उनी निर्माण व्यवसायी समेत हुन् ।
राज्यले दिएको सेवा सुविधा जति सबै आफूले अध्ययन गरेको विद्यालयको कोषमा जम्मा गर्न पाउँदा गौरवको अनुभूति भइरहेको उनले बताए ।
उनले भने, मैले यो पाँच वर्षमा राजनीतिलाई सेवाको रूपमा लिएको थिएँ । पैसा कमाउने भन्दा पनि जनताको सेवा गर्ने अवसर पाएँ यो मेरा लागि सन्तुष्टिको विषय हो । पैसा कमाउन त व्यवसाय गर्दै आएको पनि छु नि त ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर