मार्च २१ का अवसरमा ‘प्रतिरोधको शतक’ बिशेषांक पत्रिका सार्वजनिक – Nepal Press

मार्च २१ का अवसरमा ‘प्रतिरोधको शतक’ बिशेषांक पत्रिका सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय रंगभेद तथा जातिय बिभेद उन्मूलन दिवस अर्थात मार्च २१ को अवसरमा ‘प्रतिरोधको शतक’ बिशेषांक (पत्रिका) सार्वजनिक भएको छ । आरएम मिडिया हाउसले प्रकाशन गरेको उक्त पत्रिका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ र राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले मार्च २१ का अवसरमा आयोजित एक कार्यक्रमका विच विमोचन गरेका हुन् ।

कम्पनीले राष्ट्रिय दलित आयोगसँगको सहकार्य र दलित महिला संघको सहयोगमा उक्त पत्रिका प्रकाशन गरेको हो । बिशेषगरि पछिल्लो एक शताब्दी अर्थात १ सय वर्षमा भएका दलित आन्दोलन र आन्दोलन गर्ने पात्रमा केन्द्रीत रहेर उक्त पत्रिका प्रकाशन गरिएको पत्रिकाका सम्पादक विश्वास खड्काथोकीले जानकारी दिए ।

२१ मार्चको अवसर पारेर हरेक बर्ष यस्तो बिशेषांक प्रकाशन गरिने कम्पनीका संचालक मिलन विश्वकर्माले बताए । समग्र दलित आन्दोलन र दलित मुक्तिमा सहयोग पुग्ने गरि पत्रिका प्रकाशन गरिने जनाइएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर