‘नपार दोधारमा’मा रोमान्टिक देखिए पुष्प र गीता (भिडिओसहित) – Nepal Press

‘नपार दोधारमा’मा रोमान्टिक देखिए पुष्प र गीता (भिडिओसहित)

काठमाडौं । रानी शाक्यको स्वरमा समावेश गीत ‘नपार दोधारमा’ सार्वजनिक भएको छ । रानी र रोशन बलुवाको स्वर रहेको यो गीतमा विक्रम केसीको शब्द र रोशनकै संगीत छ ।

गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल गीता ढुंगानालाई रोमान्टिक रुपमा अभिनय गरेका छन् । मदन खड्काको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो भिडियोमा विरेन्द्र भट्टको छायांकन, विकास ज्ञवालीको सम्पादन छ ।

भिडियोमा पुष्प र गीताको जोडी जमेको छ । उनीहरु, एक अर्काको प्रेममा रमाइरहेको देख्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर