एमालेबाट निर्वाचित भएर एसमा सनाखत गरेकी उपाध्यक्षले माओवादी रोजिन् – Nepal Press

एमालेबाट निर्वाचित भएर एसमा सनाखत गरेकी उपाध्यक्षले माओवादी रोजिन्

कैलाली । एमालेबाट निर्वाचित भएर एकीकृत समाजवादीमा सनाखत गरेकी उपाध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेकी छन् ।

कैलालीको मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगरले एकीकृत समाजवादी छोडेर माओवादी प्रवेश गरेकी हुन् ।

सोमबार उनलाई धनगढीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।

मोहन्याल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै एमालेबाट निर्वाचित भएका थिए । अध्यक्ष नवलसिंह रावलको निधन भएपछि उपाध्यक्ष बुढामगरले गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।


प्रतिक्रिया

2 thoughts on “एमालेबाट निर्वाचित भएर एसमा सनाखत गरेकी उपाध्यक्षले माओवादी रोजिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर