भूमिहीनका लागि जग्गा उपलब्ध गराउन आयोग र घोडाघोडी नगरपालिकाबीच सम्झौता – Nepal Press

भूमिहीनका लागि जग्गा उपलब्ध गराउन आयोग र घोडाघोडी नगरपालिकाबीच सम्झौता

कैलाली । भूमिहीनका लागि जग्गा उपलब्ध गराउने उद्देश्य सहित भूमि आयोग र कैलालीको घोडाघोडी नगरपालिकाबीच सम्झौता भएको छ ।

आयोग र घोडाघोडी नगरपालिकाबीच सोमबार भूमिहीन सुकुम्वासी, भूमिहीन दलितहरूलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्न सम्झौता भएको हो ।

आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला र घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

वर्तमान सरकारले गठन गरेको नयाँ आयोगसँग सम्झौता भएसँगै घोडाघोडीमा लगत सङ्कलन कार्यले निरन्तरता पाउने भएको छ ।

हामीले यस अघि नै भूमिहीन सुकुम्वासी, भूमिहीन दलितहरूलाई जग्गा उपलब्ध गराउने गरि तयारी गरेका थियौ तर बिचमा आयोग खारेज गरेर समस्या भएको थियो नगर प्रमुख चौधरीले भने अहिले सम्झौता गरेपछि भुमिहिनमा फेरि आसा जागेको छ ।

भूमिहीन सुकुम्वासीहरूको समस्याप्रति सबै राजनीतिक दल एकजुट हुनुपर्ने उनको भनाइ छ ।

घोडाघोडीमा मात्रै १३ हजार भन्दा बढी अवेस्थित बसोबासी र ४ हजार भन्दा बढी भूमिहिनले फारम भरेका थिए ।

उनिहरु र छुटेका अन्यले पनि लालपुर्जा पाउने गारी तत्काल कामको थालनी गरिने चौधरीले बताए ।

कैलाली कंचनपुरमा भुमी हिनको सबै भन्दा धेरै समस्या रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर