एनआरएनएका अध्यक्ष पन्तले भने- घलेका गतिविधि अदालतको फैसला विपरित – Nepal Press

एनआरएनएका अध्यक्ष पन्तले भने- घलेका गतिविधि अदालतको फैसला विपरित

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले संघका पुर्व अध्यक्ष शेष घलेका पछिल्ला गतिविधिले अदालतको अपहेलना भएको बताएका छन ।

पन्तले एक विज्ञप्ति जारी गर्दै संघले संरक्षक परिषद र उच्चस्तरीय समिति भङ्ग भैसकेको अवस्थामा समिति पुनर्गठन गरेको भनी बक्तब्यबाजी गर्नु खेदजनक भएको बताएका हुन ।

सबैलाई समेट्ने प्रयास भैरहेका बेला पुर्व अध्यक्ष घलेले विधान बिपरितका गतिविधि गरी समाजलाई विभाजन तर्फ लैजान खोजेको आरोप विज्ञप्तिमा लगाइएको छ ।

‘संघमा विभाजन ल्याउने र समाजमा फुट ल्याउने गतिविधि बन्द गरी सहमतिको बातावरण बनाउन सबैलाई आग्रह गर्दछौ’ विज्ञप्तिमा भनिएको छ ।

आगामी अप्रिल २४ र २५ तारिख एनआरएनएको निर्वाचन तय भैसक्दा पनि सहमति जुट्न नसक्दा संघ फुट तर्फ उन्मुख भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *