कलाकार चम्सुरीको मिर्गौला प्रत्यारोपण सफल, भाइले दिए मिर्गौला – Nepal Press

कलाकार चम्सुरीको मिर्गौला प्रत्यारोपण सफल, भाइले दिए मिर्गौला

काठमाडौं । चम्सुरी’ नामले सुपरिचित हास्य कलाकार पल्पसा डंगोलको मिर्गाैला प्रत्यारोपण शल्यक्रिया सफल भएको छ ।  आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उनको मिर्गौला प्रत्यारोपण शल्यक्रिया भएको हो ।

५ घण्टाको लगाएर उनको शल्यक्रिया गरिएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बताए । उनलाई आफनै भाइ अजु डंगोलले मिर्गौला दिएको उनले बताए ।

उनका अनुसार पल्पसार उनको भाइको अवस्था सामान्य रहेपनि पल्पसालाई होस आउन अझै केही घण्टा लाग्नेछ । आठ महिनाअघि उनका दुबै मिर्गौला फेल भएका थिए । उनी मेरी बास्सैको टेलिसिरियलमा चम्सुरीको भूमिकामा खेलिरहेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *