ओलीको दाबी- गैरकानूनी ढंगले एमसीसीको ‘मृत प्रस्ताव’ माथि निर्णय भयो (भिडिओ) – Nepal Press

ओलीको दाबी- गैरकानूनी ढंगले एमसीसीको ‘मृत प्रस्ताव’ माथि निर्णय भयो (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा पेस भएको एमसीसीसम्बन्धी प्रस्तावलाई ‘मृत प्रस्ताव’ भन्दै त्यो गैरकानूनी ढंगले पारित गरिएको बताएका छन् ।

तीन वर्षअघि नै एमसीसी पेस गरिएको र त्यसपछि संसदका धेरै सत्र बसेको तर्क गर्दै ओलीले पुनः प्रस्ताव ल्याउनुपर्नेमा त्यस्तो नगरिएको दाबी गरियो ।

‘तीन वर्षअगाडि प्रस्तुत भएको भनिएको प्रस्तावलाई अहिले प्रस्तावै पेस नगरिकन गैरकानूनी ढंगले मृत प्रस्ताव, अस्तित्वमा नरहेको प्रस्तावलाई नै अस्तित्वमा छ भनेर तथाकथित छलफल गर्ने र निर्णय गर्ने असंवैधानिक र गैरकानूनी काम फेरि पनि सभामुखले गर्नुभयो,’ ओलीले भने ।

संसदमा आफ्ना मागको सम्बोधन नगरी पेलेर अघि बढिएको ओलीले गुनासो गरे । ‘हाम्रा माग सम्बोधन गरेर हामीलाई पनि संसदमा सहभागी हुने अवस्था सिर्जना गराउनुहोस् भन्यौं,’ उनले भने, ‘तर, त्यसलाई बेवास्ता गरियो । हामीलाई पेलेर जाने काम भयो ।’

विरोधका बाबजुद पनि संसदन चलाएको भन्दै ओलीले त्यो संसदीय मर्यादाबाहिर रहेको समेत टिप्पणी गरे । ओलीले भने, ‘सांसदहरूले सभामुखतिर पिठ्यूँ फर्काउनुलाई संसदीय व्यवस्थामा शोभनीय मानिँदैन । यस्तो व्यवहार स्वीकार गरिँदैन ।’


प्रतिक्रिया

One thought on “ओलीको दाबी- गैरकानूनी ढंगले एमसीसीको ‘मृत प्रस्ताव’ माथि निर्णय भयो (भिडिओ)

  1. अर्जुन लामाकाे हत्यारा न पर्याे ? उसलाई नियम कानूनकाे के मतलव?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर