संसद भवन घेर्ने तयारीसहित एमसीसीविरूद्ध आज पनि प्रदर्शन (तस्बिरहरू) – Nepal Press

संसद भवन घेर्ने तयारीसहित एमसीसीविरूद्ध आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आज पनि प्रदर्शन जारी छ । आजको विरोधमा विभिन्न ३४ दल तथा तीनका भ्रातृ संगठन सहभागी छन् ।

एमसीसीविरुद्ध विरोध प्रदर्शनको आयोजना गर्नेमा सत्तारुढ दलदेखि साना दलसम्म छन् । विरोध प्रदर्शन गर्नेहरुले आज बानेश्वरस्थित संसद भवनलाई तीनतिरबाट घेर्ने तयारी गरेका छन् ।

आजको प्रदर्शनमा नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपालका लागि नेपाली पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टीलगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चा, नेकपा (माले), एमसीसी खारेज अभियान नेपाललगायत २२ राजनीतिक दल तथा अभियान, संयुक्त जनआन्दोलन नेपाल, नेकपा (एकीकृत समाजवादी) आबद्ध जनसंगठन र नेकपा (माओवादी) सहभागी छन् ।।

नेकपा (एकीकृत समाजवादी) आबद्ध जनसंगठनहरूले एमसिसीविरुद्ध कमलादीस्थित प्रज्ञा भवन डबलीमा खबरदारी सभा गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर