कांग्रेसले स्थानीय निर्वाचनको तयारी थाल्ने – Nepal Press

कांग्रेसले स्थानीय निर्वाचनको तयारी थाल्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामि बैशाख ३० मा हुने स्थानीय निर्वाचनको तयारी सुरु गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले बिहीबार बस्ने कार्यसम्पादन बैठकमा छलफल गरी स्थानीय निर्वाचनको तयारी थाल्ने निर्णय गरेको हो । कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्था र १६ जिल्लाको अधिवेशनबारे पनि छलफल हुनेछ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कार्यसम्पादन समिति बैठकका एजेण्डाबारे पदाधिकारहरुबीच भएको छलफलबारे समिक्षा भएको बताए ।

‘हिजो हामीले पदाधिकारी बैठकमा गरेको छलफलबारे सभापतिजीलाई ब्रिफिङ गर्यौ । उहाँका कुरा पनि सुन्यौ । भातृ र शुभेच्छुक संस्था, १६ जिल्लाको अधिवेशन र स्थानीय निर्वाचन तयारीबारे कार्यसम्पादनमा छलफल गरेरै निष्कर्षमा पुग्ने निर्णय गरेका छौं’, महतले पत्रकारहरुसँग भने ।

स्थानीय निर्वाचनको मिति तय भइसकेको अवस्थामा समसामयिक विषय र स्थानीय निर्वाचन तयारीबारे कार्यसम्पादनमा पर्याप्त छलफल हुने महतले बताए ।

कांग्रेसले म्याद सकिएका र विधानतः पदाधिकारी रिक्त भएका भ्रातृ संस्थाहरुबारे कार्यसम्पादन समितिमा हुने छलफलका आधारमै निर्णय लिने तयारी गरेको महतले जानकारी दिए ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल , नेपाल महिला संघ लगायतका भ्रातृ संस्थाहरुको म्याद सकिएको छ भने विधानतः अध्यक्ष पद रिक्त भएको अवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर