माइतबाट लगिएको भोलिपल्टै गहुँबारीमा किशोरीको शव, श्रीमान् फरार – Nepal Press

माइतबाट लगिएको भोलिपल्टै गहुँबारीमा किशोरीको शव, श्रीमान् फरार

काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा गहुँबारीमा एक किशोरीको शव भेटिएको छ ।

१९ वर्षीया चाँदनी खातुनको शव ईशनाथ-४ मठियास्थित गहुँबारीमा आज बिहान भेटिएको हो । सलले घाँटी कसेर मुखमा बुझो हालेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

चाँदनीलाई मंगलबार मात्र उनका श्रीमान्‌ले माइतबाट लगेका थिए । मुस्लिम परम्पराअनुसार सानै उमेरमा विवाह भएर चाँदनी इशनाथ-९ मा रहेको माइतीघरमा बस्दै आएकी थिइन् ।

उनका श्रीमान्‌ले चाँदनीलाई आफैंले बोलाएर मंगलबार पहिलोपटक आफ्नो घर लगेको प्रहरीले जनाएको छ । काठमाडौंमा बस्दै आएका चाँदनीका श्रीमान् फरार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर