ब्राउन सुगरको धुलो जस्तो देखिने पदार्थसहित काठमाडौंबाट दुई जना पक्राउ – Nepal Press

ब्राउन सुगरको धुलो जस्तो देखिने पदार्थसहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं । लागु औषध ब्राृन सुगरको धुलो जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सामेबार अपरान्ह सवा चार बजेको समयमा महानगरीय प्रहरी प्रभाव कपनबाट खटिएको प्रहरी टोलीले काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका १० कपन आकाशेधाराबाट गोप्य सूचनाका आधारमा २२ वर्षका पासाङ छिरिङ शेर्पालाई पक्राउ गरेको हो ।

शेर्पालाई शंकास्पद अवस्थामा फेला पारी रीतपूर्वक उनको शरीर तथा कोठा खानतलासी गर्दा उनी बस्ने कोठाभित्र ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ६ ग्राम फेला पारी बरामद गरिएको हो ।

प्रहरीले सोधपुछ गर्दा कन्चनपुर को भिमदत्त नगरपालिका महेन्द्रनगर स्थायी घर भएका अहिले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १० कपन आकाशेधारा बस्दै आएका २७ वर्षकाखगेस खत्रीले राख्न दिएको भनी खुलाएका थिए । खत्रीलाई खोजतलास गर्दा साँझ ५ बजेको समयमा काठमाडौं महानगरपाकिला ६ गोपिकृष्णहल नजिकैबाट निजलाई उनलाई पक्राउ गरेर महानगरीय प्रहरी बृत बौद्धबाट थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर