कर्णाली सरकारले पायो पूर्णता, मुर्ति चोरीमा सजाय पाएका गैर सांसद पनि बने मन्त्री – Nepal Press

कर्णाली सरकारले पायो पूर्णता, मुर्ति चोरीमा सजाय पाएका गैर सांसद पनि बने मन्त्री

सुर्खेत । कर्णाली प्रदेश सरकारले गठन भएको तीनमहिनापछि पूर्णता पाएको छ । जीवनबहादुर शाहीले मुख्यमन्त्रीका रुपमा कात्तिक १६ गते सपथग्रहण गरेपछि तीन महिनापछि पूर्णता दिएका हुन् ।

नवनियुक्त मन्त्रीहरुले आइतबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । कांग्रेसबाट दुई, माओवादी केन्द्रबाट दुई र समाजवादीबाट एकजना मन्त्री नियुक्त भएका छन् ।

माओवादीबाट मन्त्री बनेका कार्चेन लामा मुर्ति चाेरी आरोपमा सजाय पाएका व्यक्ति हुन् । उनी गैरसांसद हुन् ।

आज कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट यज्ञबहादुर बिसी (सामाजिक विकास मन्त्रालय) हिमबहादुर शाही (आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा र कार्चेन लामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् ।

माओवादीबाट यसअघि विन्दमान विष्ट आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका छन् ।

एकीकृत समाजवादीबाट पदमबहादुर रोकाया मन्त्री बनेका छन । उनलाई भौतिक, पूर्वाधार तथा सहरी विकास मन्त्रीको जिम्मेवारी दिइएको हो ।

समाजवादीबाट यसअघि चन्द्र बहादुर शाही भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री बनिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर