कोरोना संक्रमणपछि भट्टराई आइसोलेसनमा – Nepal Press

कोरोना संक्रमणपछि भट्टराई आइसोलेसनमा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोभिड–१९ संक्रमण भएको छ ।

नेता भट्टराईले ट्वीटरमार्फत आफूलाई पीसीआर परीक्षण गर्दा भाइरस संक्रमण भएको र केही दिन आइसोलेसनमा रहने जनाएका छन् ।

केही दिनदेखि आफ्नो सम्पर्कमा आएकालाई परीक्षण गर्न र सतर्कता अपनाउन समेत भट्टराईले आग्रह गरेका छन् । भट्टराईलाई दोस्रोपटक संक्रमण भएको हो ।

कोरोनाको दोस्रो लहरको बेला भट्टराई र पत्नी हिसिला यमीलाई पनि संक्रमण भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर