रामेछापका एमाले र कांग्रेसका कार्यकर्ता नेकपा एसमा प्रवेश, अध्यक्ष नेपालले गरे स्वागत – Nepal Press

रामेछापका एमाले र कांग्रेसका कार्यकर्ता नेकपा एसमा प्रवेश, अध्यक्ष नेपालले गरे स्वागत

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने रामेछापका युवाहरुलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका छन् ।

रामेछापका खाँडादेवी गाउँपालिकाका कांग्रेस कार्यकर्ता मेखबहादुर श्रेष्ठ शनिवार एक कार्यक्रमबीच नेकपा एसमा प्रवेश गरेका छन् । त्यस्तै शुक्रबार एमाले र कांग्रेसका करिब एक दर्जन जिल्लास्तरका कार्यकर्ता प्रवेश गरेका थिए ।

प्रवेश गर्नेमा खाँडादेवी–५ का कष्ण श्रेष्ठ,सुजन श्रेष्ठ, दलवहादुर श्रेष्ठ, श्याम श्रेष्ठ, सागर पौडेल, सुदिप सिलवाल लगायत रहेको नेकपा एसका जिल्ला सहइन्चार्ज होम बुढाथोकीले बताए ।

वडा नम्बर ५ बाटमात्रै कांग्रेस र एमालेबाट ठूलो संख्यामा विद्रोह गरेर कार्यकर्ता नेकपा एसमा प्रवेश गरेको बुढाथोकीले बताए । उनले जिल्लाभर नेकपा एसमा विभिन्न पाटीमा आवद्ध र स्वतन्त्र युवाहरुको प्रवेश चलिरहेको दाबी गरे ।

पार्टी प्रवेश कार्यक्रममा जिल्ला इन्चार्ज तथा पोलिटव्युरो सदस्य देवशंकर पौडेल,अनेरास्ववियुकी महासचिव आरती लामा,नेता विजय गुरुङ,रमेशबाबु श्रेष्ठ लगायतले नवप्रवेशीलाई स्वागत गरेका थिए ।


प्रतिक्रिया

One thought on “रामेछापका एमाले र कांग्रेसका कार्यकर्ता नेकपा एसमा प्रवेश, अध्यक्ष नेपालले गरे स्वागत

  1. एसले अलि अलि भुरे टाकुरे जम्मा गरेर के गर्नु? चुनाव पछि पत्तासाफ हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर