रुकुममा को बन्लान् एमाले अध्यक्ष ? – Nepal Press

रुकुममा को बन्लान् एमाले अध्यक्ष ?

सुर्खेत । तुलनात्मक रुपमा नेकपा एमालेको कमजोर जनाधार रहेको रुकुम पश्चिममा जिल्ला अध्यक्षका लागि २ जनाबीच तीव्र प्रतिस्पर्धा छ ।

एमाले रुकुमका अनुसार अध्यक्षमा हालका संयोजक टंक ओली र नेपाल प्रत्रकार महासंघ रुकुमका संस्थापक अध्यक्ष नारायणकुमार शाहले दाबी गरेका छन् ।

उनीहरु दुवै जनाले अध्यक्षमा दाबी गरेसँगै सहमतिका लागि दौडधुप सुरु भएको छ । चौरजहारी नगरपालिकाका वडाअध्यक्ष समेत रहेका ओली कार्यकर्तामाझ लोकप्रिय नेताको रुपमा स्थापित छन् भने शाह पत्रकारिताका माध्यमबाट स्थापित हुँदै हाल कर्णाली प्रदेश कमिटी सदस्य बनेका छन् ।

‘यहाँको एमालेको जनसंगठन विस्तार गर्न, बलियो बनाउन र जिल्लाकै एक नम्बरको पार्टी बनाउन मेरो उम्मेदवारी हो,’ हालका जिल्ला संयोजक ओलीले भने, ‘त्यसकालागि मैले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’

अर्का दावेदार शाहले पनि आफू एमालेलाई बलियो बनाउन र जिल्लामा भए गरेका गलत कामको भण्डाफोर गर्नका लागि अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए ।

‘जनार्दन शर्मा प्रभाकरको गृहजिल्ला भएकाले एमालेलाई बलियो बनाउन चुनौती छ,’ शाहले भने, ‘उक्त चुनौतीको समाना गर्नका लागि मेरो उम्मेदवारी आवश्यक देखियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर