कोरोनाको नयाँ भेरिएन्ट फैलन नदिन उच्च सतर्कता र तयारीका लागि स्वास्थ्य विभागको अनुरोध – Nepal Press

कोरोनाको नयाँ भेरिएन्ट फैलन नदिन उच्च सतर्कता र तयारीका लागि स्वास्थ्य विभागको अनुरोध

काठमाडौं । स्वास्थ्य सेवा विभागले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संस्करण फैलिन नदिन थप सतर्कता र तयारीका लागि अनुरोध गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्थानीय तह, स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै उक्त अनुरोध गरेको हो ।

कोभिड-१९ को थप संक्रामक भेरिएन्ट ओमिक्रोन नेपालमा समेत भित्रिनुले सबै निकाय अझ सतर्क र पूर्वतयारीका साथ रहनु अपरिहार्य देखिएको भन्दै जनस्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न, परीक्षणको दायरा बढाउन, संक्रमितहरूको उपचार र आइसोलेसनको प्रभावकारी व्यवस्थापन गर्न, खोपको प्रयोग बढाउनेलगायतका कार्य गर्न महाशाखाको आग्रह छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर