यी हुन् जापानी राजदूतले नेपालमा काम गर्दा भोगेका तीन कठिनाइ – Nepal Press

यी हुन् जापानी राजदूतले नेपालमा काम गर्दा भोगेका तीन कठिनाइ

काठमाडौं । जापानी राजदूत किकुता याकुताले नयाँवर्ष सन् २०२२ मा नेपाल र जापानको मित्रतापूर्ण सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

नयाँवर्षको अवसरमा शनिबार शुभकामना सन्देश व्यक्त गर्दै राजदूत याकुताले सन् २०२१ मा नेपालमा काम गर्दा आफूले तीन कठिनाइ भोगेको उल्लेख गरेका छन् ।

आन्तरिक राजनीतिक परिस्थिती, कोभिड-१९ महामारी र प्राकृतिक विपत्तिले काम गर्न बितेको वर्षमा कठिनाइ भएको उनले विज्ञप्तिमा जनाएका छन् ।

नेपाल र जापानले प्राकृतिक विपत्तिको साझा चुनौति खेपिरहेको उल्लेख गर्दै राजदूत किकुताले नेपाललाई यी चुनौतिविरुद्ध सघाउन जापान तयार रहेको समेत बताए ।

सन् २०२२ मा आठजना नेपाली विद्यार्थी जापानमा अध्ययन गर्न गएको १२० औं वर्षगाँठरुमा मनाइने स्मरण पनि उनले गरे । नेपालमा लोकतन्त्र, समावेशिता संस्थागत हुने आशा पनि उनले व्यक्त गरेका छन् ।

मार्च २७, २०२१ मा राजदूत किकुता कार्यभार सम्हाल्न काठमाडौंमा आइपुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर