प्रज्ञा भवनमै फेरि माओवादी स्थायी समिति बैठक, केन्द्रीय समितिको प्यानल घोषणा गर्ने तयारी – Nepal Press

प्रज्ञा भवनमै फेरि माओवादी स्थायी समिति बैठक, केन्द्रीय समितिको प्यानल घोषणा गर्ने तयारी

 काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बन्द सत्रले पार्टीको विधान केही परिर्माजनसहित पारित गरेपछि बन्द सत्र केही समयका लागि स्थगित भएको छ । लगत्तै अहिले पार्टीको स्थायी समित बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा चलिरहेको छ।
स्थायी समितिले संशोधित विधानको कलस्टरसमेत मिलाएर केन्द्रीय समितिको प्यानल घोषणा गर्नेबारे निर्णय गर्ने छ। त्यसपछि केन्द्रीय समितिको प्यान घोषणा हुने बताइएको छ। प्यानललाई महाधिवेशन हलले अनुमोदन गरेमा निर्वाचन हुने छैन । यदि त्यसमा सहमति नजुटे निर्वाचन हुने छ।
हलले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः अध्यक्षमा अनुमोदन गर्ने निश्चित छ । अन्य पदाधिकारीमा भने अहिले कुनै निर्णय हुने सम्भावना छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर