माओवादी केन्द्रको आठौं महाधिवेशन बन्दसत्र आजबाट – Nepal Press

माओवादी केन्द्रको आठौं महाधिवेशन बन्दसत्र आजबाट

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहानबाट सुरु हुँदैछ । आइतबार काठमाडौंमा उद्घाटन भएको महाधिवेशन बिहान ११ बजेका लागि तय भएको छ ।

अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ।

देशभरबाट छानिएर आएका १६ सय बढी महाधिवेशन प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर