माओवादी राष्ट्रिय सम्मेलन: कुन प्रदेशबाट कति प्रतिनिधि (सूचीसहित) – Nepal Press

माओवादी राष्ट्रिय सम्मेलन: कुन प्रदेशबाट कति प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ प्रतिनिधि हुने भएका छन् ।

पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेनलमा विभिन्न क्षेत्रबाट ती प्रतिनिधि चयन भएर आउने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

उनकाअनुसार प्रदेशबाट प्रतिनिधित्व गर्ने संख्या ८ सय ३ हुने छ । सबैभन्दा धेरै प्रतिनिधि वागमतीबाट हुने छन् भने सबैभन्दा कम प्रवासबाट हुने छन् ।

यस्तो छ प्रतिनिधित्व विवरण :

१. प्रदेश १- ९६ जना

२. प्रदेश २- १०६ जना

३. वागमती प्रदेश- १२८

४. गण्डकी प्रदेश- ७५

५. लुम्बिनी- १०५

६. कर्णाली- ८७

७. सुदूरपश्चिम- ८४

८. प्रवास प्रदेश- ३४

९. विशेष प्रदेश- ४२

१०. सम्पर्क समन्वय- ४३


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर