काभ्रे माओवादीको आरोप – विश्वप्रकाशले सस्तो लोकप्रियताको लागि भ्रामक प्रचार गरे (विज्ञप्तिसहित) – Nepal Press

काभ्रे माओवादीको आरोप – विश्वप्रकाशले सस्तो लोकप्रियताको लागि भ्रामक प्रचार गरे (विज्ञप्तिसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला कमिटी अध्यक्ष रुकु चौलागाईले नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अतिरञ्जित र भ्रामक प्रचार गरेको भन्दै दिपेन्द्र गिरीको मेरुदण्ड भाँचिनुमा माओवादी आक्रमणको संलग्नता पुष्टि गर्न चुनौति दिएकी छन् ।

शर्माले शुक्रवार साथीहरुले लगाइदिएका सबै खादा र माला बोकेर वर्षौदेखि बेडमा रहेका दुई योद्धाको आँगनमा पुगेको भन्दै फोटो पोस्ट गरेका थिए ।

जसमा उनले जनआन्दोलन २०६२/६३ का जिउँदो शहीद मुकेश काफ्ले र माओवादी आक्रमणमा मेरुदण्ड भाँचिएर जीवन संघर्ष गरिरहेका युवा भन्दै दिपेन्द्र गिरीको प्रसंग उल्लेख गरेका थिए ।

माओवादी काभ्रे जिल्ला संयोजक चौलागाईले चौंरी देउराउली–५ कात्तिके देउरालीका दिपेन्द्र गिरीको मेरुदण्ड भाँचिनुमा माओवादीको कुनै संलग्नता नरहेको र उनी आफ्नै पारिवारिक दुर्घटनामा परी जनयद्धुको नाममा द्धन्द्धपीडितको लाभ लिइरहेको दावी गरेकी छन् ।

उनले जिम्मेवार राजनीति नेताबाट सस्तो लोकप्रियताका लागि भ्रामक प्रचार गरिएको आरोप लगाएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर