ए डिभिजन लिग आज, पहिलोपटक मोफसलमा हुँदै – Nepal Press

ए डिभिजन लिग आज, पहिलोपटक मोफसलमा हुँदै

काठमाडौं ।  पहिलो पटक मोफसलमा सहिद स्मारक ए डिभिजन लिगको खेल आज हुँदैछ । एन्फाले पहिलोपटक मोफसलमा प्रतियोगिता गर्दा भिड्नेछन् कीर्तिमानी आठौंपटक लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ ।

पोखरामा एक खेल हुँदा आज काठमाडौंमा २ खेल हुनेछ । दिनको १ बजे हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा साझ पौने ५ बजे थ्रीस्टार क्लब र न्युरोड टिम एनआरटी क्लब आमने सामने हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *