दोस्रो चरणको मतदान सुरू, देउवाले खसाए भोट (तस्बिरहरू) – Nepal Press
कांग्रेस महाधिवेशन

दोस्रो चरणको मतदान सुरू, देउवाले खसाए भोट (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । भृकुटीमण्डपस्थित मतदानस्थलमा अपरान्ह पौने चार बजेबाट मतदान सुरु भएको हो ।

कांग्रेसकी बयोवृद्धा प्रतिनिधि शान्ति कार्कीले पहिलो भोट खसाएकी थिइन् । प्रधानमन्त्री तथा सभापतिका प्रत्याशी शेरबहादुर देउवाले पनि भोट खसाइसकेका छन् । अर्का प्रत्यासी शेखर कोइराला पनि मतदानका लागि आइसकेका छन् ।

देशभरका कांग्रेस प्रतिनिधिहरू सभापति चुन्नका लागि मतदानस्थलमा लाइन लागेका छन् । हिजो भएको मतदानमा कसैले पनि बहुमत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको हो । यस मतदानमा शेरबहादुर देउवा र शेखर कोइरालाले प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो चरणमा पराजित तीन उम्मेदवारले देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर