कोइला सुरुङमा च्यापिएर मजदुरको मृत्यु – Nepal Press

कोइला सुरुङमा च्यापिएर मजदुरको मृत्यु

दाङ । दाङमा कोइलाखानीमा काम गर्ने एक मजदुरको कोइला सुरुङमा च्यापिएर मृत्यु भएको छ ।

खोइलाखानीमा काम गर्दै आएका घोराही उपमहानगरपालिका—१९ का ४६ वर्षीय भक्तबहादुर घर्तीको सोमबार कोइलाखानीमा च्यापिएर ज्यान गएको दाङ प्रहरीले जनाएको छ ।

दाङको घोराही उपमहानगरपलिका वडा नम्बर १ दाङ्जामा रहेको पशुपति कोइलाखानी उद्योगमा काम गर्ने कोइला मजदुर घर्तीको खानीको सुरुङ भित्र च्यापिएर मृत्यु भएको दाङ प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए ।

सुरुङमा च्यापिदा घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रम मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर