पर्यटन प्रवर्द्धनका लागि सुदूरपश्चिममा साइकल यात्रा हुने – Nepal Press

पर्यटन प्रवर्द्धनका लागि सुदूरपश्चिममा साइकल यात्रा हुने

कैलाली । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनका लागि कैलालीमा सुदूरपश्चिम साइकल यात्रा हुने भएको छ ।

आगामी पौष ३ गते देखि कैलालीको धनगढीमा सुदूरपश्चिम पर्यटन साइकल यात्रा हुने भएको हो ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले आयोजना गरेको पत्रकार सम्मेलनमा साइकल यात्राको तयारी भइरहेको जनाइएको हो ।

उद्योग वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले आयाजना गरेको पत्रकार सम्मेलनमा ३ गते बाट सुरु भएको साइकल यात्रा ५ गते सम्म जारी रहने जानकारी गराइएको छ ।

साइकल यात्रामा नेपाल र भारतबाट करिब १५० जना भन्दा बढीको सहभागी रहने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भोजराज पाठकले जानकारी दिए । उनले भारतको उत्तर प्रदेश उत्तराखण्ड र पटनाबाट साइकल यात्रीहरू धनगढी आउने जानकारी दिए । नेपालको काठमाडौँ, पोखरा, नेपालगन्ज दाङ बाट एक सय जना भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट पनि साइकल यात्रीहरू सहभागी हुने उनले जानकारी दिए ।

‘साइकल यात्रालाई दुई भागमा विभाजन गरिएको छ पहिलो चरणमा स्थानीयहरू पनि सहभागी हुन सक्नुहुन्छ’ पाठकले भने, ‘देशभित्र र बाहिर बाट आउनु भएका यात्रीहरू तीन दिन सम्म जारी अभियानमा सहभागी हुनुहुने छ ।’

उनका अनुसार पहिलो चरणमा धनगढी – गोदावरी र दोस्रो चरणमा धनगढी जोरायल सम्मको यात्रा तय गरिएको छ । दोस्रो चरणको लागि नेपाल भित्र र बाहिरबाट करिब एक सय बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

नेपालका पहिलो पटक नेपाल र भारतबाट ठुलो संख्यमा साइकल यात्री ल्याएर कार्यक्रम आयोजना गर्न लागिएको फारवेस्टर्न राइडस्का अध्यक्ष भरतविक्रम शाहले जानकारी दिए । फारवेस्टर्न राइडस्ले यस अघि पनि साइकल यात्राको माध्यमबाट पर्यटन प्रवर्द्धनका गतिविधिहरू गर्दै आइरहेको थियो ।

‘हामीले नेपालका विभिन्न क्षेत्र र भारतमा पनि सुदूरपश्चिम प्रदेशको सुन्दरता देखाउनु छ’ उनले भने ‘त्यही अभियानलाई सार्थक तुल्याउन साइकल यात्रा आयोजना गरिएको हो । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर