पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्छ: सीईओ रेग्मी – Nepal Press

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्छ: सीईओ रेग्मी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय पुनरुत्थान रणनीतिक योजना कार्यशाला गोष्ठीमा बोल्दै प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले नयाँ पुनरुत्थान नीतिमा सबै वर्गका व्यवसायीहरुलाई समेट्ने गरी रणनैतिक योजना बनाउनु पर्ने बताए ।  कोरोना महामारीका बेला सरकारले पर्यटन व्यवसायीहरुलाई दिने भनेको सेवा सुविधा पाउनु पर्ने व्यवसायीहरुले नपाएको  प्रमुख कार्यकारी अधिकृत रेग्मी समक्ष गुनासो समेत गरे ।

प्रमुख कार्यकारी अधिकृत रेग्मीले भने,‘सरकारले दिएका विभिन्न सेवा, सुविधाहरु अलि माथिल्लो वर्ग वा धेरै लगानी भएकाहरुले मात्रै लिएको अवस्था छ । भाडामा लिएर व्यवसाय गरेको ठूलो समुदायलाई सरकारले दिएको सेवा सुविधा पुग्न सकेन । गभर्मेण्टले पनि जे कुरा लिएर आएको छ त्यसमा सेक्योर गर्न खोजिरहेको छ । दुरुपयोग नहोस् भन्न खोजिरहेको छ । तर यस्तो रिभाइबलको बेलामा पीडितहरुलाई त्यसको सेवा पुगोस् भन्ने हिसावले जानुपर्दथ्यो । अहिले यो मन्त्रालयले जिम्मेवारी लिएको छ ।’

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नीति सल्लाहकार धर्म स्वर्णकारले पर्यटनको विकासले रोजगारी सिर्जना हुने भएको बताए । उनले पर्यटन कृषि र मनोरञ्जन क्षेत्रसँग पनि सम्बन्धित भएकोले यसको असर अन्य धेरै क्षेत्रमा पर्ने बताए ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर