भरुवा बन्दुकसहित एक युवक पक्राउ – Nepal Press

भरुवा बन्दुकसहित एक युवक पक्राउ

खोटाङ । खोटाङमा भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय सञ्जय राई रहेका छन् ।

घरमा अवैध रूपमा भरुवा बन्दुक राखेको गोप्य सूचनाको आधारमा राईलाई आइतबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए ।

राईको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक, त्यसमा प्रयोग हुने बारुद ४८ ग्राम, सिसाको गोली दुई थान र केप ८५ थान फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

राईविरुद्ध अवैध हातहतियार खरखजना कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक शाहले प्रेस विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर