रुसी राष्ट्रपति पुटिन मंगलबारदेखि भारत भ्रमणमा : रक्षा र राजनीतिक मामिलामा मोदीसँग भेटवार्ता गर्ने – Nepal Press

रुसी राष्ट्रपति पुटिन मंगलबारदेखि भारत भ्रमणमा : रक्षा र राजनीतिक मामिलामा मोदीसँग भेटवार्ता गर्ने

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मंगलबार दिल्ली भ्रमणमा जाने भएका छन् । सोही दिनमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्धिपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा वार्ता गर्ने भएका छन् ।

शुक्रबार भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता अरिन्दम बागचीले पुटिन भारत भ्रमणमा आउन लागेको बताएका हुन् । मंगलबार मोदीसँगको भेटपछि उनी सोही दिन फर्कने जनाइएको छ ।

रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले सो अवसरमा भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्नेछन् । रणनीतिक साझेदारसमेत रहेका भारत र रुसबीच रक्षा मामिलाबारे पनि छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर