एमाले महाधिवेशन : निर्वाचन तालिका संशोधन, मतदान अवधि २ घण्टा घटाइयो – Nepal Press

एमाले महाधिवेशन : निर्वाचन तालिका संशोधन, मतदान अवधि २ घण्टा घटाइयो

चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । निर्वाचन आयोगले केन्द्रीय कमिटी,अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रयोजनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

नयाँ तालिकाअनुसार उम्मेदवार अन्तिम नामावली प्रकाशन अहिले ३ बजेसम्मलाई छ । मतदानको समय आज राति ९ देखि सोमबार बिहान १ बजेसम्म निर्धारण गरिएको छ । यसअघि मतदानको समय बिहान ३ बजेबाट २ घण्टा घटाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर