सुर्खेतका पाँच स्थानीय तहमा माओवादी केन्द्रको नेतृत्व चयन – Nepal Press

सुर्खेतका पाँच स्थानीय तहमा माओवादी केन्द्रको नेतृत्व चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रले सुर्खेतका ५ स्थानीय तहमा नेतृत्व चयन गरेको छ । जिल्ला समन्वय समिति संयोजक कृष्ण जिसी ‘जितेन्द्र’का अनुसार पाँचै पालिकामा सर्बसम्मत नेतृत्व चयन गरिएको हो । बाँकी चार स्थानीय तहमा नेतृत्व चयन प्रक्रियामा छ ।

चौकुने गाउँपालिका कमिटीको अध्यक्षमा गंगाराम विश्वकर्मा चयन भएका छन भने बराहतालमा बल बहादुर कठायत चयन भएका हुन । सिम्तामा चित्रबहादुर हमाल चयन हुदा पन्चपुरी नगर कमिटीको अध्यक्षमा केशव शाही चुनिएका छन । भेरिगंगा नगर कमिटी अध्यक्षमा गणेश भन्डारी छानिएको उनले जानकारी दिए ।

यता, बिरेन्द्रनगर नगरपालिका र गुर्भाकोट नगरपालिकाको बन्द सत्र जारी रहेको छ । आज चिङ्गाड गाउँपालिकाको अधिवेशन हुनेछ । भोलि लेकबेशी नगरपालिकामा भोलि अधिवेशन हुने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर