मेयरविरुद्ध आन्दोलन गर्न काठमाडौं पुगे जनकपुरका २९ जनप्रतिनिधि – Nepal Press

मेयरविरुद्ध आन्दोलन गर्न काठमाडौं पुगे जनकपुरका २९ जनप्रतिनिधि

जनकपुरधाम । जनकपुरका मेयर लालकिशोर साहले नगर सफाइमा ध्यान नदिएको र भ्रष्टाचारमा डुबेको भन्दै २९ जनप्रतिनिधि आन्दोलन गर्न काठमाडौं पुगेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका ३ का वडाध्यक्ष दिपेन्द्र साह, ४ का वडाध्यक्ष सुदर्शन सिंह र ७ का वडाध्यक्ष जानकीराम साह लगायतका जनप्रतिनिधि आज विहान काठमाडौं पुगेका हुन् । पटक-पटक आन्दोलन र कार्यालयमा तालाबन्दी गरे पनि मेयर साह नसुसध्रएपछि आन्दोलन गर्न काठमाडौं आएको उनीहरुले बताएका छन् ।

वडाध्यक्ष दिपेन्द्र साहले आज माइतीघरमा प्रदर्शन र सामान्य प्रशासन मन्त्रालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताए । उनले भ्रष्टाचारमा चुर्लुम्म डुबेको मेयर साहमाथि अख्तियारले अनुसन्धान गर्नुपर्ने समेत माग गरे । उनले भने, ‘मेयर साह असफल भइसके । उनले राजीनामा दिनुपर्छ ।’

अहिले जनकपुरधाम फोहोरले कुरूप बनेको छ । प्रमुख साहबाहेकका जनप्रतिनिधिलाई सरसफाई कर्मचारी टेर्ने गरेका छैनन् । केहि दिन अगाडि सरसफाई गर्न आग्रह गर्दा वडाध्यक्ष सिंहविरूद्ध कर्मचारी जाइलागेका थिए । त्यसपछि वडाध्यक्षहरु मेयरको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

वडाध्यक्षहरु तालाबन्दी गरेपछि मेयर साह कर्मचारीलाई पनि उस्काएर आन्दोलनमा उतारेका छन् । विगत चार दिनदेखि कर्मचारी कार्यालयको कामकाज र फोहोर उठाउने कार्य ठप्प पारेका हुन् । मेयर साह फोहोरको समस्या समाधान गर्नुको साटो कर्मचारीबाट आन्दोलन गराएपछि आन्दोलन गर्न काठमाडौं आएको वडाध्यक्ष जानकीराम साहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर