३५ जिल्ला सभापतिको परिणाम आयोः पौडेल पक्ष १९, देउवा पक्ष १६ – Nepal Press
कांग्रेस महाधिवेशन

३५ जिल्ला सभापतिको परिणाम आयोः पौडेल पक्ष १९, देउवा पक्ष १६

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी छ । हालसम्म ३५ जिल्लाका सभापतिहरुको नतिजा आएको छ । जसमध्ये संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट १६ जना सभापतिहरु निर्वाचित भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले १९ जिल्ला सभापति जितेको छ । पौडेल पक्षले दाबी गरेकामध्ये जाजरकोटका वेदराज सिंह र रुकुम पश्चिमका प्रेमप्रकाश वलीलाई संस्थापन पक्षले पनि आफूनिकट दावी गरेको छ । अधिवेशनको दौरान पौडेल पक्षबाट उम्मेदवारी दिने तयारी गरेका सिंह र वलीले सर्वसम्मत सभापति बनेपछि गुटका आधारमा खुल्न नचाहेको बताइन्छ ।

देउवा पक्षका जिल्ला सभापतिहरु

१. शंकर गुरुङ – मनाङ
२. खड्क बोहरा – बझाङ
३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
४. मोहनविक्रम सिंह – हुम्ला
५. कान्छाराम तामाङ – रामेछाप
६. ऐनबहादुर शाही – मुगु
७. खमवी गर्बुजा – म्याग्दी
८. केशबहादुर विष्ट – सल्यान
९. रुपनारायण जबेगु – पाँचथर
१०. नरेन्द्रबहादुर सिंह – डोटी
११. दीपेन्द्रबहादुर शाही – डोल्पा
१२. कर्णबहादुर शाही – जुम्ला
१३. तेजेन्द्र खनाल– ओखलढुंगा
१४. डा. टकराज गुरुङ – लमजुङ
१५. भीमबहादुर साउद – डडेल्धुरा
१६. रामकृष्ण खाँण – रुपन्देही

पौडेल पक्षका जिल्ला सभापतिहरु

१. रोमी गौचन थकाली – मुस्ताङ
२. केशरमान रोका – रुकुम पूर्व
३. दीपक खड्का– संखुवासभा
४. नन्दप्रसाद न्यौपाने – गोरखा
५. विष्णु राई – खोटाङ
६. हिमालदत्त श्रेष्ठ –पाल्पा
७. राजु थापा – स्याङ्जा
८. किशोर आचार्य – रोल्पा
९. विष्णुकुमार गिरी – प्यूठान
१०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
११. विनोद बान्तवा – भोजपुर
१२. केशव श्रेष्ठ – अर्घाखाँची
१३. चतुरबहादुर चन्द – बैतडी
१४. बर्मा लामा – दोलखा
१५. अम्मबहादुर शाही – कालीकोट
१६. रामसिंह रावल – बाजुरा
१७. प्रेमप्रकाश ओली – रुकुम पश्चिम
१८. वेदराज सिंह – जाजरकोट
१९. अर्जुनकुमार पोखरेल – नवलपरासी पश्चिम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर